Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आबुखैरेनीमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु


तनहुँ, २८ जेठ । आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो। आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो। एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #excavator accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट