Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्कीविरुद्ध २९ उजुरी पर्यो, उजुरीका सम्बन्धमा आजै सांसदहरूले छलफल गर्ने


कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यस्तै अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । ती उजुरीमाथि सोमबार सांसदहरूले छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यस्तै अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानुनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ । समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।

संघीय संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा सांसदहरुलाई उजुरी अध्ययनका लागि दिइनेछ भने त्यसपछि बस्ने बैठकमा उजुरीकर्तासँग छलफल समेत हुने भएको छ । उजुरीकर्तासँग छलफल गरेपछि कार्कीलाई सुनुवाइ समितिमा बोलाउने तयारी भएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट