Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।

स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट