Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

डा. प्रसन्ना शाह मृत्यु प्रकरणः डा. सन्दीप भट्टराई पुर्पक्षका लागि थुनामा


कैलाली, ३२ जेठ । धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डा. सन्दीप भट्टराईलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत कैलालीले डा. भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्रबहादुर पालले आत्महत्या दुरुत्साहनमा अनुसन्धानमा रहेका डा. भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए ।

सोही मुद्दामा अनुसन्धानमा रहेका विकल केसी ५० हजार धरौटीमा रिहा भएको एसपी पालले जानकारी दिए । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । डा. शाहका आफन्त दिएको जाहेरी अनुसार पूर्व प्रेमी भनिएका धनगढीकै केसी र माया मेट्रोमै कार्यरत डा। भट्टराईलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #dr prasanna shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट