Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हाजिर गरेर टाप कस्ने प्रबृत्ति बढेपछि सिंहदरबारका कर्मचारीमाथि गेटमै बसेर अनुगमन


काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन सुरु गरेको छ । कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै शतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि शतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय शतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताए ।

उनले भने, ‘‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीका लागि अनुगमन गरिएको हो । सचिवज्यूले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’’

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरुले कुनै न कुनै बहना बनाउने गरेको उनले बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #anugaman, #singhadurbar, #sushasan

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट