Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिको बैठक सकियो


काठमाडौं, ३२ जेठ । संसदीय सुनुवाइ समितिको बैठक सकिएको छ।

बिहीबारको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्ययोजना पेस गरेका थिए। सवाल जवाफ शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ।

आजको सुनुवाइमा कार्कीले न्यायपालिकामा स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका थिए। उनले भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने पनि बताए। साथै कार्कीले सेवाग्राहीबाट प्राप्त राय सल्लाह सम्बन्धित पक्षमा पुर्‍याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्। गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परे। जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन बनेको सर्वोच्चमा हाल उनै प्रस्तावित प्रधानन्यायाधीश कार्की कायम मुकायम (कामु) प्रधानन्यायाधीश छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hari krishna karki

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट