Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चिनियाँ राजदूतले भने, ‘१६औँ योजनाका लागि सहयोग गर्न तयार छौँ’


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो। आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठक हुँदैछ।

भेटका क्रममा चिनिया राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राखेका थिए।

राष्ट्रिय योजना आयोगले अहिले १६ औँ योजनाको तयारीमा जुटिरहेको छ।

१६औँ योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेकोसमेत राजदूत सोङले बताए्। उपाध्यक्ष श्रेष्ठले पनि छिमेकी मुलुकका हिसाबले चीन–नेपाल सम्बन्ध सुमधुर रहेको बताए। चीनले नेपालका लागि गरिरहेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवादसमेत दिए।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट