Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाढीपहिरो पीडितहरुकको उद्दार एवं राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, ३ असार । प्रधानमन्त्रीद्वारा बाढीपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज देशका विभिन्न जिल्लामा बाढीपहिरोको कारण भएको धनजनको क्षतिप्रति विहानै सामाजिक सन्जाल मार्फत प्रम प्रचण्डले गहिरो दुःख व्यक्त गरेका हुन् ।

प्रम प्रचण्डले बाढीपहिरोमा परेर बेपत्ताभएकाहरुको खोजी, घाईतेहरुको उद्दार एवं राहतमा आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा पनि अपील गरेका छन् ।

समाजिक सन्जाल मार्फत प्रचण्डले भने, “देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। साथै, बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु।”

त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, याङ्वरक गाउँपालिका ३ र २ मा केही घर बगेका छन् । यसबारे क्षतिको विवरण आउन बाँकी छ ।


क्याटेगोरी : प्रदेश, कोशी प्रदेश, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट