Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहिरोमा परेर उद्धार गरिएकी बालिकाको मृत्यु


पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवितै उद्धार गरिएकी बालिकाको ज्यान गएको छ ।

स्थानीयवासीले फालेलुङ–३ खोलाघारीमा रहेको मनप्रसाद राईको घरमा पुरिएकी नौ वर्षीया जुना सावदेनको आइतवार बिहान जीवितै उद्धार गरेका थिए । बिहान जीवितै उद्धार गरिएकी उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाँचथरले जनाएको छ ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा परेकी थिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट