Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गोरखा र कास्कीका केही ठाउँमा भारी वर्षा, सावधानी अपनाउन आग्रह


काठमाडौं । गोरखाको बारपाक, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा ठूलो पानी परिरहेको हुनाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागअन्तर्गत नेपाल बाढी सूचना केन्द्रले कास्कीको ज्यामिरेबारी र सिक्लेसमा धेरै वर्षा मापन भएको र त्यस आसपासका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सचेतता अपनाउन अनुरोध गरेको हो ।

यस्तै अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित सामान्य वर्षा भइरहेको छ । आज राति पनि कोशी प्रदेशका केही भागमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको ज्यान गएको र २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरूको खोजी भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #वर्षा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट