Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका १३ वर्षीय बालकको मृत्यु


गुल्मी, ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा घाइते भएका बालकको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान उपचारका क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

बिहीबार राति आफ्नो परिवारका सदस्यका साथ स्थानीय बर्दवास जङ्गलमा लागेको डढेलो निभाउने क्रममा उनी जलेर घाइते भएका थिए।
उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट