Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनकुटाका वडा सदस्य मनोजकुमार रायमाझीले दिए राजीनामा दिए


धनकुटा, २१ चैत । धनकुटा नगरपालिका– ९ का निर्वाचित वडा सदस्य मनोजकुमार रायमाझीले राजीनामा दिएका छन्।

विविध कारणले पदमा बसिरहन नसक्ने भन्दै सोमवार नगर प्रमुख चिन्तन तामाङ समक्ष राजीनामा बुझाएका हुन्। पत्र बुझ्दै मेयर तामाङले उनको राजीनामा स्वीकृत गरेका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार हुँदै वडा सदस्यमा निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादीबाट ९ नं वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष रहँदा उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। केही महिना अघि उनले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका थिए।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट