Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विद्युत प्रवाह भइरहेको नांगो तार मुखमा लगाएपछि…


विराटनगर, १४ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका–२ ओझा टोलमा करेन्ट लागेर बुधबार राति एकजना पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार घरको कोठाभित्र विद्युत प्रवाह भइरहेको बिजुलीको नांगो तार मुखमा लगाउँदा केवरतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

करेन्ट लागेर आफ्नै घरभित्र राति ८स्३० बजेतिर उनको मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको छ ।
सुस्त मनस्थितिका केवरतले बिजुलीको नांगो तार आफ्नो मुखभित्र लगाउनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट