Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कोशी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अनिश्चित


काठमाडौं । अन्य प्रदेशले नीति तथा कार्यक्रम ल्याएर बजेट बनाउने तयारी गरेतापनि कोशी प्रदेशमा भने अनिश्चित भएको छ ।

बजेट ल्याउने बेला जसपा र माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अनिश्चितता बढेको हो । जसपाले गएको १७ गते र माओवादी केन्द्रले गएको २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्नुभएको थियो, तर अल्पमतमा परेलगत्तै प्रदेशबाट पारित हुने सम्भावना नदेखेपछि उनले नीति तथा कार्यक्रम रोकेका छन् । प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्छ । तर कोशी प्रदेशमा भने नीति तथा कार्यक्रम र बजेट दुवै कहिले आउने निश्चित छैन ।

 


क्याटेगोरी : राजनीति, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट