Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बारा दुई : उपेन्द्र नभए शिवचन्द्र


कलैया। बारा क्षेत्र नम्बर दुईका जसपा निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएपछि रिक्त उक्त क्षेत्रमा बैशाख १० गते हुने उपचुनावमा सबैको ध्यान केन्द्रित भएको छ। एकथरीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकार गठबन्धनले सर्वसम्मत उमेदवार बनाउने अनुमान गरेका छन् भने गठबन्धन भित्रकै जनमत पार्टी र लोसपा मिलेर छुट्टै उमेदवार खडा गर्ने बताएका छन्।

पार्टीले निर्णय गरे सो क्षेत्र आफ्ना लागि घर-छिमेक जस्तै अपनत्व भएको क्षेत्र भएको र नेता रामसहायलाई गठबन्धनले उपराष्ट्रपति बनाएकोले आफ्नो पार्टीले जितेको क्षेत्रमा जसपाबाटै गठबन्धनको साझा उमेदवार हुनु स्वाभाविक भएको उपेन्द्रले बताउने गरेका छन्।

सप्तरी दुईमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित उपेन्द्र उपचुनावका लागि बारा आउने अनुमानबीच मधेसी पार्टीहरूको आपसी द्वन्द्व फेरि सतहमा आएको छ। जनमत र लोसपाका नेताहरूले एकपटक हारेको उमेदवारले किन अर्को क्षेत्र र अर्को बाटोबाट जित्नुपर्ने ? भन्दै उपेन्द्रबिरोधि अभियान तीब्र बनाएका छन् भने अन्य पक्षले उपेन्द्रको त्यो चाहनालाई स्वाभाविक ठानेका छन्।

त्यसो त यही कार्यकालको संसदमा आफ्नो जीत निश्चितताकै लागि उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति सारेको धेरैको बुझाइ छ। उनको यो चाहना अनपेक्षित पनि होइन। समकालीन मधेस नेतृत्वमा संघीय गणतान्त्रिक आन्दोलनले निर्माण गरेका उपेन्द्र अविछिन्न नेतृत्व हुन्, उनीजत्तिको ‘हाइट’को नेता संसदमा अपरिहार्य पनि हो।

तर उपेन्द्रले चाहना गरेनन् भने बारा दुईमा अरु पक्षको भन्दा माओवादी केन्द्रको दाबी रहनु सर्वथा स्वाभाविक हुने बाराका बुद्धिजीवीहरूको धारणा छ। रामसहायसँग तीनसय चानचुन मतले हारेका प्रमुख प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहलाई गठबन्धनबाट सर्वसम्मत गरिनुपर्ने मत समेत यहाँ जबर्जस्त छ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट