Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले बारा-२ मा पुरुषोत्तम पौडेललाई उमेदवार बनाउने


काठमाडौं, १६ चैत । नेकपा (एमाले)ले बारा क्षेत्र नम्बर २ मा नेता पुरुषोत्तम पौडेललाई उमेदवार बनाउने तयारी गरेको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेले पोलिट्ब्युरो सदस्य पौडेललाई उमेदवार बनाउन लागेको एक नेताले जानकारी दिए । “पार्टीले उहाँलाई उमेदवार बनाउने प्रबल सम्भावना छ । पार्टीको निर्णयमा उहाँले नाइँनास्ती गर्नुहुन्न भन्ने लागेको छ,” पोलिट्ब्युरो सदस्य समेत रहेका ती नेताले भने ।

पौडेल ०४३ को निजगढका प्रधानपञ्च हुन् । उनी ०५१ सालको संसद् र दोस्रो संविधानसभाका सदस्य हुन् । त्यसपछि ०४८ र ०५६ मा बारा–३ बाट पराजित भएका थिए । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए । २०७० सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति विवादमा परेका उनी अख्तियारको निर्देशनमा मन्त्रीबाट हटाइएका थिए ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #amale, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट