परीक्षामा चिट चोर्न नदिएको झोकमा रामराजा बहुमुखी क्याम्पस कलैयामा तोडफोड

बारा, ७ वैशाख । परीक्षामा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा आज बुधवार बिहान तोडफोड गरेका छन् ।
स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहान साढे १० बजे वीरगञ्जको हरिखेतान र ठाकुर राम क्याम्पसका विद्यार्थीले तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ । साथै विद्यार्थीले कुटपिट गर्दा क्याम्पस प्रमुख हरिभुषण कुश्वाहा र सुभाष तिमिल्सिना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कुटपिट र तोडफोडमा संलग्न तीन जना विद्यार्थी पक्राउ परेका छन् ।
विद्यार्थीले कुर्सी, बेन्च, मोटरसाइकलमा तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ ।
क्याटेगोरी : मधेस प्रदेश
ट्याग : #hot
प्रतिक्रिया