Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मरेको बाघको जुँगा उखेल्नेहरूले मधेशका शहीदको विवाद चर्काउँदै


मरेको बाघको जुँगा उखेलेर बाघ मैले मारेको हुँ भनी प्रहसन गर्नेहरूले जनकपुरमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको शालिक पुननिर्माणमा विरोध गरी मधेश आन्दोलनका प्रथम शहीदको स्मारक हुनुपर्ने माग गरिरहेको देखिन्छ । भाषा साहित्यको कुनै सीमा हुँदैन । त्यसैले भनिएको होला ‘लिटरेचर नोज नो बाउन्ड्रिज’ ।

राजनीतिमा कतिपय राजनीतिज्ञहरूले साम्प्रदायिक सद्भाव भड्काएर राजनीतिक गोटी मिलाएर रोटी सेक्न काम गर्दै आएको देखिएको, सुनिएको र पढिएको विषय हो ।

तर, साम्प्रदायिक सद्भाव भड्काएर राजनीतिक रोटी सेक्ने काम सधैँभरिलाई हुने गर्दैन । तर, राजनीतिक आन्दोलनमा चाहेर र नचाहेर यस्ता तीतो यथार्थ आउने गर्छ । यस्ता घाउ पुर्न समय लाग्छ ।

राजनीतिक आन्दोलनमा समग्र मधेश समुदायलाई वञ्चितीकरणमा पारेपछि भएको मधेश आन्दोलनको क्रममा भएका सरकारी ज्यादतीका विरुद्ध उठेको मधेश जनविद्रोहको क्रममा नेपाली शासक र भाषाभाषीका नाममा रहेका पहिचानहरू भत्काउने काम भयो ।

यसक्रममा जनकपुरमा मधेश आन्दोलनका क्रममा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको शालिक भत्काइएको थियो । नेपाली भाषाभाषी समुदायलाई लखेट्ने काम पनि भएको थियो । कतिपयले आफ्ना बासस्थान सार्नुपर्ने तीतो यथार्थ भयोे । विभिन्न राजनीतिक दलको संयोजनमा भएको मधेश आन्दोलनको पर्याय हालका जसपा अध्यक्ष उपेन्द्र यादवको ‘फोरम’ बनेको थियो । मधेश आन्दोलन फोरम आन्दोलन बनेको थियो ।

राजधानीमा फोरम आन्दोलनको आक्रोश धेरै मधेसी जनसमुदायले भोगेका थिए । साथै त्यो आक्रोशबाट पीडित नेपाली भाषी नै थिए । त्यो पनि महोत्तरीकै थिए । मधेशीहरूको आन्दोलनका बेला दुवै पक्ष पीडित भएका महसुस गरेका थिए । फरक यतिमात्र थियो एकथरिमा शासकीय गर्व गर्न लायकको शासकीय वर्चस्वको ढाल थियो ।

साम्प्रदायिक सद्भाव भड्काएर राजनीतिक रोटी सेक्ने काम सधैँभरिलाई हुने गर्दैन । तर, राजनीतिक आन्दोलनमा चाहेर र नचाहेर यस्ता तीतो यथार्थ आउने गर्छ । यस्ता घाउ पुर्न समय लाग्छ ।

राजनीतिज्ञहरूले जानी नजानी यो साम्प्रदायिक विभाजनको बिउ रोप्ने प्रयास गरेका थिए । त्यसको धरापमा त्यतिखेर देशभरका मधेशी अनुहार फसेका थिए । त्यसै जोगिएका थिएनन् उनीहरू । देशमा सहिष्णुताको रेशा भत्किसकेको थिएन् । मधेश आन्दोलनका कारण महँगो भएका खाद्यान्न र त्यसमा पनि आपूर्ति हुन नसकिरहेको अवस्थाको चरम उग्र आवेगबाट फोरमलाई ठोक भनी दिएको बोल बलियो भएको भए सम्भवतः धेरै ठूलो मानवीय क्षति हुने थियो होला ।

मधेशी आन्दोलनबाट पाउनुपर्ने जनअधिकार जनतामा प्रत्याभूत हुन नसकेको मात्रै होइन् माओवादीको जनयुद्धको महान शहादतले पनि खोजेको अधिकार पाउन सकेको छैन् । अहिलेको नेपाली सीमाभित्र रहेका सबै जाति समुदायका लागि भएका विभिन्न आन्दोनहरूबाट जनताले पाउन खोजेको समृद्धि र सम्मान पाउन नसकिएको सत्य हो । तर जनकपुरमा भइरहेको शालिक विवादले गलत बाटो लिन खोजिरहेको छ ।

गत वैशाख १६ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह शालिक पुनर्निर्माणको शिलान्यास गर्न पुगेका बेला जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका नेता–कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरे । विरोध प्रदर्शन हुँदै गर्दा प्रहरी तैनाथ गरेर मेयर साहले जगको इटा राखेका थिए ।

जसपा र लोसपाले शालिक बन्न नदिने अडान लिएपछि निर्माण कार्य स्थगित भएको थियो । शालिक निर्माणस्थलमा मेयर साहविरूद्ध दिनहुँ नाराबाजी हुने गरेको थियो । मेयर साहका अनुसार शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास भइरहेको थियो । पटकपटक बैठक भए पनि सहमति भने जुट्न सकेको थिएन ।

२०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेका थिए । मधेश आन्दोलनपछि भानुभक्तको शालिक रहेको ठाउँमा रमेश महतोको शालिक बनाएर औपचारिक रूपमा ‘रेमशचोक’ नाम राख्न माग हुँदै आएको थियो ।

२०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेका थिए । मधेश आन्दोलनपछि भानुभक्तको शालिक रहेको ठाउँमा रमेश महतोको शालिक बनाएर औपचारिक रूपमा ‘रेमशचोक’ नाम राख्न माग हुँदै आएको थियो ।

२०७२ सालको भूकम्पमा थप क्षति पुगेको शालिकको भग्नावशेष त्यही सालको अर्को आन्दोलनका क्रममा भत्काइएको थियो । त्यसयता भानुभक्त र रमेश दुवैका बारेमा स्थानीय समाज मौन रह्यो । शालिक तोडफोड भएको १७ वर्षपछि अचानक भानुभक्तकै शालिक पुनर्निर्माणको योजना बनेपछि विवाद उत्पन्न हुन पुगेको हो ।

सार्वजनिक समाचारहरूका अनुसार जनकपुरधामका मेयर साहका अनुसार उनी निर्वाचित भएर आएपछि विश्व हिन्दु परिषदका विभिन्न संगठनहरूले भानुभक्तको शालिक पुनर्निर्माणको माग गरे ।

‘विश्व हिन्दु परिषदका आठ वटा अलाइन्स (घटक) ले हामीलाई भानुभक्तको शालिक बनाइदिन ज्ञापनपत्र बुझाए । हामीले बोर्ड बैठकमा प्रस्ताव प्रस्तुत ग¥यौं, बोर्डबाट प्रस्ताव पारित भएपछि नगर सभाबाट बजेट छुट्यायौं ।’ मेयर मनोज साहलाई कोट गरी यसरी लेखिएको रहेछ । भानुभक्तले संस्कृत भाषाको रामायण नेपाली भाषामा भावानुवाद गरेर हिन्दुको उपकार गरेकाले शालिक पुनर्निर्माण गर्नुपर्ने ती संगठनहरूको तर्क अनुसार भानुभक्तको शालिक पुनर्निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

समाचारको प्रस्तुतिले नै जनकपुर धाममा गम्भीर खाले राजनीति भइरहेको बुझिन्छ । यसमा मेयर साह फसेको देखिन्छ । यतिका दिनदेखि थन्किरहेको शालिक बनाउने उपक्रम साम्प्रदायिक सहिष्णुता बिगार्नेहरूको प्रयासबाट गर्न खोजिएको देखिन्छ ।

यस्तै हिन्दुवादी संगठनहरूमध्ये कुनै संगठनले राजधानीमा प्रदर्शन गरी जानकी मन्दिरमाथि इस्लामिक जेहादी अतिक्रमण भएको जस्ता नारा उल्लेख गरी जानकी मन्दिरमाथि इस्लामिक जेहादीको कुरा उठाएर कुनै समुदाय विशेषप्रति विद्वेष फैलाउने काम समाजमा यसै हुँदैन । यस्ता षडयन्त्रका तानाबाना अँध्यारो कोठामा बनाइन्छ । राजधानीमा भइरहेका यस्ता प्रदर्शन र भानुचौकमा भइरहेको विवादबीचको तानाबाना खोज्दै सहजै भेट्न सकिने अनुमान लगाउन सकिन्छ ।

भानुचौकमा रमेश महतोको शालिक स्थापना हुनुपर्ने माग गर्ने राजनीतिक दलले गरिरहेका छन् । तिनको आफ्नो निष्ठा मधेशी जनताहरूप्रतिको हराइसकेको छ । नभए मधेश नामधारी राजनीतिक दलको नाम जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी वा जनमत पार्टी हुने थिएन । उनीहरूको आधारमा मधेश आधारित हुन सक्ने भयो । ती पार्टीहरूले जुन राजनीतिको हावा दिइरहेका छन् त्यसको भयावह परिणाम ल्याउनेछ । मधेश आन्दोलनबाट बनेका घाउहरू पुर्दै गइरहेका बेला भानुचौकमा रमेश महतोको शालिक ठडयाइएर बल्झाउने मात्रै होइन रमेश महतो र तिनको आश्रित परिवार जनलाई भविष्यमा निरुत्तर र अपमानित बनाउने काम बाहेक अरू केही हुने छैन ।

भानुचौकमा रमेश महतोको शालिक स्थापना हुनुपर्ने माग गर्ने राजनीतिक दलले गरिरहेका छन् । तिनको आफ्नो निष्ठा मधेशी जनताहरूप्रतिको हराइसकेको छ । नभए मधेश नामधारी राजनीतिक दलको नाम जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी वा जनमत पार्टी हुने थिएन । उनीहरूको आधारमा मधेश आधारित हुन सक्ने भयो । ती पार्टीहरूले जुन राजनीतिको हावा दिइरहेका छन् त्यसको भयावह परिणाम ल्याउनेछ ।

मधेश आन्दोलनबाट बनेका घाउहरू पुर्दै गइरहेका बेला भानुचौकमा रमेश महतोको शालिक ठडयाइएर बल्झाउने मात्रै होइन रमेश महतो र तिनको आश्रित परिवार जनलाई भविष्यमा निरुत्तर र अपमानित बनाउने काम बाहेक अरू केही हुने छैन ।

माथि भनिएझै लिटरेचर नोज नो बाउन्ड्री । भाषा र साहित्यको कुनै सीमा हुँदैन् । कसैलाई मन परे पनि मन नपरे पनि नेपाली भाषा विशाल वृक्ष झाँगिइसकिएको छ । यसको हाँगा काट्दैमा रूख मासिने होइन् । काट्न खोज्नेको आफ्नै अपमान हुने हो ।

आदिकवि भानुभक्त आफैमा शासक थिएनन् । देशका साहित्य सर्जक थिए । नेपाली भाषाका साहित्य सर्जकको अपमान गर्दा आफ्नो भाषा साहित्यको अपमान हुने कुराको बोध हुनुपर्छ । मेयर साहले सहिष्णुता बिगार्नेहरूको गुँडमा बसेर यस्तो निर्णय गरेका हुन वा निर्दोष भएर यस्तो निर्णय गरेका हुन त्यो उनले बताउने कुरो हुने भयो ।

तर यो विवादको उचित समाधान भनेको भानुचौकमा भानुको शालिक ठड्याउनु उचित हुनेछ । राजधानी भएकाले जनकपुरमा मधेश आन्दोलनका प्रथम शहीदको शालिक स्थापना गर्ने अर्को ठाउँमा ठड्याउनु बुद्धिमानी हुनेछ । मधेश आन्दोलन उठाउने काम शालिक निर्माणबाट नभएर मधेशी जनताको जनकल्याण र समृद्धि गरी गर्नु रमेश महतो प्रतिको सच्चा श्रद्धाञ्जली ठहर्नेछ ।

गत चुनावमा मत माग्न ती दलहरूले गरेको गठबन्धनले पनि उनीहरूको राजनीति मरेको बाघको जस्तो भइसकेको छ । अनि अहिलेको यो शालिक विवादले मरेको बाघको जुँगा उखेल्नेहरूले मधेशका शहीदको विवाद चर्काइरहेका हुन भनी भन्नेहरूको भनाइ अन्यथा हुने छैन ।


क्याटेगोरी : जनमञ्च, बिचार, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट