Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदै


जनकपुर, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्।

सरकार गठनमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्था अनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यसकारण मुख्यमन्त्री यादवले आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए।

एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। हाल प्रदेश सरकारमा सरकार गठनका बेलाका सहभागी दल एमाले बाहेक सबै दल सहभागी रहेको छन्।

प्रदेशसभामा १०७ जना सांसद रहेकाले बहुमतको लागि ५४ जना सांसदको आवश्यकता रहेको छ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #madhesh pradesh, #saroj kumar yadav

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट