Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सचिवालय बैठक सुरु भएको छ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बैठकमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी कांग्रेससहित आठ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट