Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मत माग्दै रामचन्द्र पौडेल राप्रपाको कार्यालयमा


काठमाडौं, २२ फागुन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मत मागेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका पौडेलले सोमबार राप्रपा कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङदेनसँग सहयोग मागेका हुन्।

भेटवार्तामा राप्रपाका पूर्वअध्यक्ष डा। प्रकाशचन्द्र लोहनी नेता दीपक बोहरालगायत नेताहरु सहभागी थिए। राप्रपाले हालसम्म राष्ट्रपतिमा कसैलाई पनि मतदान गर्ने निर्णय गरेको छैन।

२४५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ। त्यही बैठकले निर्णय गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राप्रपा सो गठबन्धन भत्किएर नेपाली कांग्रेस–माओवादी गठबन्धन बनसँगै सरकारबाट बाहिरिएको थियो।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ। कांग्रेस नेता पौडेल र एमाले नेता सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेललाई ९ दलको समर्थन छ भने नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #rajendra lingden

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट