Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय


काठमाडौं, २३ फागुन । पूर्वमाओवादी घटक दलको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अघि बढ्ने निर्णय गरेको खड्गप्रकाश विश्वकर्माले जानकारी दिए।

त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउने समझदारी भएको छ। यी काम चाँडै सम्पन्न गराउन र कार्यान्वयनका लागि आवश्यक ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहने निर्णय गरेको छ।

नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र प्रचण्डविरुद्धको मुद्धा


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट