Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्तिप्रक्रियाका विषयहरू टुंग्याउन माओवादीहरू एकठाउँमा आउनुको विकल्प छैन : देवेन्द्र पौडेल


काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरूले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘त्यसैको संकेतका रूपमा अदालतको प्रकरण बुझ्न सकिन्छ यसको हामीले प्रतिवाद गर्छौँ ।’

अध्यक्ष प्रचण्डले बोलेकै आधारमा मुद्दा अदालतले हेर्न नमिल्ने जिकिर उनले गरे । ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषा हो, अदालतमा लैजानु गम्भीर त्रुटि हो,’ उनले भने, ‘हामीले राजनीतिक, वैचारिक रूपले सशक्त प्रतिवाद गर्छौँ ।’शान्तिप्रक्रियाका विषयहरू टुंग्याउन माओवादीहरू एकठाउँमा आउनु विकल्प नभएको उनको भनाइ छ ।

अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी विदेशी शक्तिहरू लागिपरिरहेको बताउँदै पूर्वमाओवादीहरू एक ढिक्का हुनुपर्ने बताए । ‘माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुटिँदा हाम्रा मुद्धाहरू कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौं ।’

विगतमा शान्तिप्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिलेहरूले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन् । ‘शान्तिप्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेका छन्,’ उनले भने, ‘वृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरूलाई रुचेको छैन ।’

माओवादी आन्दोलन र तत्कालीन सात दलबीच भएको सहमति विपरीत केही तत्वहरूले अहिलेको प्रणालीको मजा लिइरहेको बताउँदै हिजो भएका सहमतिलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ भएको बताउँदै सहमति भएका मुद्दा उल्टाउनुले देशलाई गृहयुद्धतिर धकेलिएको बताए । ‘द्वन्द्वकालीन मुद्दा टुंग्याउन ढिला भएका छन्,’ उनले भने, ‘तिनैलाई आधार मानेर अराजक तत्वहरूले देशलाई फेरि द्वन्द्वमा धकेल्ने षड्यन्त्र गरिरहेका छन् यसको प्रतिवादका लागि सम्पूर्ण माओवादी एकठाउँमा हुन आवश्यक छ ।’

वृहत् शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ । संक्रमणकालीन न्यायका मुद्दा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए ।

राजतन्त्र फर्काउन कहिले कञ्चनपुर कहिले झापाबाट गम्भीर प्रकारका वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्ने र राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए । ‘न्यायपालिकालाई सम्मान गर्छौँ, व्यक्ति र व्यक्तित्वको हवला दिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबै ठाउँबाट सशक्त प्रतिवाद गर्छौँ’ उनले भने ।

माओवादी पार्टी नभइ विचार, आन्दोलन र दृष्टिकोण भएकाले अहिलेको संविधान जारी भएको बताए । मंगलबार द्वन्द्वकालीन सम्बन्धी मुद्धाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्त तातिएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

‘जनयुद्ध’का सबै शक्तिहरु मिल्नु अहिलेको आवश्यकता


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट