Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिन्धुली बस दुर्घटनामा मृतक संख्या छ पुग्यो, २९ जना घाइते (अपडेट)


सिन्धुली, २७ फागुन । मध्ये पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुईभिरमा आईतबार विहान भएको बस दुर्घट्नामा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

दुर्घट्नामा परि २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार ओखलढुङगा जिल्लाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस उक्त ठाँउमा दुर्घट्ना भएको हो ।

मृतकको सनाखत गर्न बाँकी रहेको पनि उनले बताए । बसमा चालक सहित ३५ जना सवार थिए । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाउने तयारीमा छ । बाँकी घाईतेहरुको उद्धार गरि उपचारका लागि खुर्कोट अस्पताल पठाइएकोसमेत प्रहरी उपरिक्षक सिलवालले जानकारी दिए ।

यस्तै, बसको ब्रेक फेल भएर दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।

सिन्धुलीमा बस दुर्घटना : उद्दार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #bus accident, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट