Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेविसङ्घको काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोल


काठमाठौं, २८ फागुन । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन्। डङ्गोल काठमाडौं महानगरपालिका वडा नं २६ सामाखुसीका स्थायी बासिन्दा हुन् ।

अध्यक्ष शेर्पाले नेविसङ्घ काठमाडौंको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अध्यक्ष सम्पन्न गर्नेगरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट