Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडल चयन


काठमाडौं, ५ चैत । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।

उका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वोपरी राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए ।

अध्यक्ष नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको बचन पूरा गर्नुपर्ने बताए । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट