Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो


हेटौँडा, १० चैत । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथा थपलियाले एमालेका चार जना मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्। प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो।

बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य रहेका थिए। जसमध्ये चार जना मन्त्री थिए। थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।

थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए। बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #amale, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट