Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्री प्रचण्डको कार्यकालमा देशले विकासको गति लिन्छ : प्रभु साह


काठमाडौं, १० चैत । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको दावी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वाससमेत व्यक्त गरे।

उनले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ। हामीले आशा राखौँ, उहाँको कार्यकालमा विभिन्न चुनौतीहरूमा सुधार होस्। हामी विश्वास प्रकट गर्न चाहन्छौँ। अहिले मुलुकमा पैसाको हाहाकार छ। किसान मारमा छन्। प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ। जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेका छैनन्। उत्पादनको लागि पैसा पाइराखेका छैनन्। पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो।’

अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटक पटक दोहोर्‍याए। क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #prabhu shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट