Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


काठमाडौं, ११ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बैठक सुरु भएको हो ।

आजको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ । यस्तै, नयाँ गठबन्धनमा लागि माओवादीको ‘पोजिसन’बारे पनि बैठकले प्रष्ट पार्ने बताइएको छ ।

अहिले सत्तासाझेदार दलहरुबीच केन्द्र सरकार र प्रदेश सरकारमा सहभागिता र नेतृत्वका विषयमा छलफल भइरहेका छन् । तर, ठोस सहमति भइसकेको छैन ।

माओवादीको आजको बैठकले केन्द्रमा मन्त्रालय भागबण्डा र प्रदेश सरकारका बारे पार्टीको दाबी र अडान प्रष्ट पार्ने बताइएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट