Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै शेखर कोइरालाले भने : अवसरवादीहरूबाट सावधान हुनुहोस्


काठमाण्डौं, २४ चैत । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन् ।

शुक्रवार काठमाण्डौमा नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कोइरालाले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–२ को उपचुनावमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै यस्तो कटाक्ष गरेका हुन् । उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताए ।

उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन सफलरूपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गरे ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #shekhar koirala

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट