Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार कल्याणकारी कोष सञ्चालनका सरकारले सहयोग गर्छ : मुख्यमन्त्री जमकट्टेल


धादिङ, २५ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला धादिङको २३ औँ साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले सबै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि पत्रकार कल्याणकारी कोषमा स्थापना गर्न लागेको मुख्य मन्त्री जमकट्टेलले बताए ।

श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा र पत्रकारहरूको क्षमता विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा सञ्चारग्राम स्थापना कार्य यस वर्षबाट नै सुरु हुने जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घको सबै जिल्लामा शाखामा भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताए । नेपाल पत्रकार महासङ्घ धादिङले २३ औँ साधारण सभामा आफूले स्थापना गरेको पुरस्कार वितरण गरेको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट