Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ


हेटौंडा । बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुईजना मन्त्रीले आज शपथ लिएका छन् ।

आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।

बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी भने सरकारमा सहभागी भइसकेको छैन ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट