Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्छौँ : माधव नेपाल


काठमाडौंं, १० वैशाख । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । मोर्चा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै उनले छिट्टै मोर्चा घोषणा हुने बताएका हुन् ।

नेकपा स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले पनि यो समाजवादी मोर्चाको काम छिटो हामी गरौं भनेर बारम्बार ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताकासामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौं ।’

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि उनको भनाइ छ । ‘विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं,’ उनले थपे, ‘किनभने हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको छ । कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन ।’

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको बताए । उनले सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन पनि आग्रह गरे । अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्तिमात्रै भएकाले उनीहरुबीच एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट