Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विद्यालयमा राजनीति गर्नु अपराध होः बालेन साह


काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको तालाबन्दी फोडिएको छ । महानगरका अधिकारीले ताला फोडेका हुन् ।

महानगरका मेयर बालेन्द्र साहले ‘अमूक दलगत शैक्षिक संगठनको दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको’ बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको उल्लेख गरेका छन् ।

“विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,” उनले फेसबुकमा लेखेका छन्, “यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।”

विद्यालयमा राजनीतिक दलका भ्रातृसंगठनका कार्यक्रम नगर्न निर्देशन दिइएको विरोधमा बिहीबार विभागमा तालाबन्दी गरिएको थियो । बुधबार महानगरले नगरभित्र सञ्चालित विद्यालयहरूलाई राजनीतिक दलका भ्रातृसंगठनका कार्यक्रम नगर्नरनगराउन निर्देशन दिएको थियो ।

महानगरले विद्यालय क्षेत्रमा राजनीतिक दलका भ्रातृसंगठनको गतिविधि भएको उजुरी परेको भन्दै त्यस्ता कार्यक्रम नगर्न भनेको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #Balen shah, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट