Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

मोहन वैद्य नेतृत्वको ‘क्रान्तिकारी माओवादी’ र धर्मेन्द्र बास्तोला नेतृत्वको ‘नेकपा बहुमत’बीच पार्टी एकता


काठमाडौं, १८ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ।

मोहन वैद्य किरणले नेतृत्व गरेको (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमतबीच एकता भएको हो। आज औपचारिक कार्यक्रमकाबीच घोषणा गरिएको नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राखिएको छ।

घोषणासभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेलले जनताको घरघर र जिब्रो जिब्रोमा ुक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालु लाई पुर्‍याउनुपर्ने भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएको बताए।

कार्यक्रममा नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष वैद्य, पार्टी प्रवक्ता बास्तोला, कार्यालय सदस्यहरू, पार्टीका सल्लाहकार समितिका नेताहरू ईश्वरी दाहाल (असारे काका) कमल चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनोद थापा लगायतका नेताहरूको उपस्थिति थियो।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट