Techie IT
  • ७ साउन २०८१, सोमबार
Jhilko

कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत काम गर्ने तीन जना केन्द्राध्यक्षलाई कारबाही


काठमाडौं, २ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत काम गर्ने तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ। बोर्डका अनुसार वैशाख २९ र ३१ गते सञ्चालन भएको कक्षा १२ को परीक्षामा मर्यादाविपरीत काम गरेको पाइएपछि कारबाही गरिएको हो।

टेक्सास इमावि मित्रपार्क काठमाडौं केन्द्रका अध्यक्षले परीक्षाको मर्यादाविपरीत काम गरेका थिए। उनलाई बर्खास्त गरिएको परीक्षा बोर्डले जनाएको छ। कैलासकुट बहुमुखी क्याम्पस,मित्रपार्क काठमाडौं केन्द्रका अध्यक्षले उचित परीक्षाको वातावरण कायम गर्न नसकेको पाइएपछि सचेत गराइएको छ।

यसैगरी कुमारी आवासीय मावि बौद्ध,काठमाडौं केन्द्रका केन्द्राध्यक्षले पनि उचित परीक्षाको वातावरण कायम गर्न नसकेपछि सचेत गराइएको बोर्डले सूचनामार्फत जानकारी दिएको छ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट