Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आन्दोलन स्थगित


काठमाडौं, १० जेठ । विज्ञापन बोर्ड नेपालको लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गर्ने निर्णयको विरुद्धमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अगुवाईमा जारी आन्दोलन स्थगित भएको छ ।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बापतको रकम नियमित हुने प्रतिवद्धता व्यक्त गर्नु भएकाले स्थगन गरिएको जानकारी गराउँदछौं’, महासचिव टेनिस रोकाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झासहितको नेतृत्वले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई हिजो मंगलबार ज्ञापन पत्र बुुझाउने क्रममा मन्त्री शर्माले सरकार र आफू लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गर्ने पक्षमा कहिल्यै नभएको र भविष्यमासमेत नरहने बताउँदै यसको निरन्तरता रहने प्रतिवद्धता जनाएपछि पत्रकार महासंघले आन्दोलनका स्थगित भएको जनाएको छ ।

‘कोभिडपछिको आर्थिक मन्दीको मारमा नेपाली सञ्चार जगतले समस्या झेलिरहेको अवस्थामा बोर्डले अकस्मात लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गरे पनि मन्त्रीको पहलकदमीमा स्रोतको सुनिश्चितता गरी नियमित गरिने प्रतिवद्धता आएकाले हामी आभार व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुन्छः सञ्चार मन्त्रालय


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #fnj, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट