Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौँडामा ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ


मकवानपुर, ३१ जेठ । ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको छन् ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको सुनसहित उनलाई पक्राउ गरिएको जानकारी दिएको हो । जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताए ।

 


क्याटेगोरी : बाग्मती प्रदेश, सुनचाँदी/विनिमय
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट