Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गण्डकी प्रदेशमा माओवादी र कांग्रेसले आलोपालो गरी सरकार चलाउने


स्याङ्जा, ३ वैशाख । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।

नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो । प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा सहित छलफल भएपछि सहमति भएको हो ।

दुई दलका शीर्ष नेता सहित कांग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस नेता रमेश लेखक, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमान सहित छलफल भएको थियो ।

प्रदेशको नेतृत्व कसले गने टुङ्गो नलागे पनि पहिलो पटक मुख्य मन्त्री माओवादीले पाउने चुमानले बताए । यस भन्दा अगाडी कांग्रेसको माओवादीको समर्थनमा मुख्य मन्त्री कांग्रेसको बनेको बताउँदै अब माओवादीबाट बन्ने बताए ।
उनले आधा आधा अवधि सरकारको नेतृत्व दुई दलले गर्ने र वैशाख ११ गते नयाँ सरकार बन्ने दाबी गरे । दुई शीर्ष नेतासँगको भेटले पहिला माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उनको भनाई थियो । माओवादी केन्द्रले चैत १० गते सरकार छाड्दै गण्डकी प्रदेश सरकारको विश्वासको मत फिर्ता लिएको थियो ।

गण्डकी प्रदेशमा कांग्रेसका २७, माओवादी केन्द्र आठ (सभामुख सहित) र नेकपा एकीकृत समाजवादी एक गरी ३५ जना सांसद रहेका र सरकार बनाउन स्पष्ट बहुमत रहेको छ ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट