Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुकुम पश्चिम जीप दुर्घटना अपडेटः मृतक संख्या पाँच पुग्यो


रुकुम पश्चिम, ११ जेठ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका ५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाम सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा केसी खनाल र उनका २२ दिनको छोरा रोशन केसीको ज्यान गएको हो। त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताए ।

यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट