Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषदको विस्तार


काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्र गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । नयाँ गठबन्धन बनेको र को को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने सल्लाहकार गजुरेलको भनाइ थियो । ‘नयाँ ढंगको परिस्थिति विकास भएको छ । मन्त्रिपरिषद् विस्तारको कुरा पनि सम्भवतः राष्ट्रपति निर्वाचनपछाडि नै हुन्छ होला,’ गजुरेलले भने, ‘गठबन्धन दलभित्र केही छलफल पनि गर्नुपर्ने हुन्छ । कुनकुन पार्टी सरकारमा जाने टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट