Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रतिनिधि सभा बैठक स्थगित, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने


काठमाडौं, १७ फागुन । आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट