Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका छन् । आठदलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार काठमार्डौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओ‌वादी र माओवादीभित्र कांग्रेस रहेको बताएका हुन् ।

‘हामी सबैको एकअर्काको भोट हो । जनता पनि अहिलेको गठबन्धन देखेर खुसी छन् होला, ठीकै ठाउँमा भोट हालेछौं भनेर,’ उनले भने ।

यसैगरी प्रधानमन्त्री दाहालले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक विचार प्रमुख भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले प्रधानमन्त्रीभन्दा आफ्नो राजनीतिक विचार, संविधान र लोकतन्त्र प्रमुख हो भनेर प्रस्ट रुपमा बताउने गरेको समेत उल्लेख गरे । ठूलो पार्टीको हैसियतामा कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव लिएर जाऔंभन्दा ओलीले नमानेपछि एमालेसँगको गठबन्धनबाट बाहिरिनुपरेको प्रधानमन्त्री दाहालले बताए ।

उनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई आठ दलको मात्रै नभएर संसद्‌मा र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रहेको बताए । ‘रामचन्द्रजीलाई नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको जानकारी गराउँदछु,’ उनले भने

एमालेसँगको गठबन्धनको सुरुआतमै संसद् विघटन सही थियो कि गलत थियो भन्ने डिबेट आएपछि आफूलाई पहिल्यै गठबन्धन धेरै समय नटिक्ने लागेको दाहालले बताए । उनले अहिलेको गठबन्धन चोचोमोचो गरेर सरकार गठनका लागि मात्रै नभएर लोकतान्त्रिक नियम र मान्यताको रक्षाका लागि भएको बताए ।

प्रतिनिधिसभामा प्राप्त गरेको विश्वासकको मतले आफूले नेपालमा राष्ट्रिय सहमति र एकताको रुपमा व्यक्त भएको बताए । एमाले अध्यक्ष ओलीसँगको पछिल्लो वार्तामा मुलुकको वर्तमान अर्थतन्त्र, राजनीतिक स्थिति र भूराजनीतिक चुनौतीमा राष्ट्रिय सहमति आवश्यक परेको र दुवै जना गएर कांग्रेसलाई राष्ट्रपति पद दिऔं भनेर प्रस्ताव राखेको दाहालले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट