Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

शेरबहादुरले कहिले सहयोग गरेन भनेर रामचन्द्रजी गुनासो गरिरहनुहुन्थ्यो, अब सकियो : देउवा


काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूप्रति राखिरहने गुनासो सकिएको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ‘ुरामचन्द्रजीले जिन्दगीमा धेरै ठूलो दुःख पाउनु भएको हो। उहाँ र मबीच खटपट भइरहन्थ्यो, उहाँले धेरै दुख पाएको हो’, देउवाले भने, ‘शेरबहादुरले कहिले सहयोग गरेन भनेर गुनासो आइरहन्थ्यो। तर अब त्यो समस्या छैन भन्ने लाग्छ मलाई।’

उनले पौडेलको प्रशंसा गर्दै जिन्दगीभर संघर्ष गरेको भन्दै पटक पटक प्रशंसा गरे। ‘जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो उहाँ, अहिलेको राष्ट्रपति पद अत्यन्त महत्वपूर्ण हो’, उनले भने, ‘रामचन्द्रजी संघर्ष गरेको एक आदर्शवादी व्यक्ति हो।
यो महत्वपूर्ण बेलामा उहाँको उम्मेदवारी परेको छ।’

उनले पौडेलले सधैँ कुनै पनि हालतमा नेपाल खत्तम नहोस्, प्रजातन्त्रमा विश्वास बढ्दै जाओस् भनिरहेको जिकिर गरे। ‘राष्ट्रपतिको काम नै प्रजातन्त्रप्रति जनविश्वास बढाइरहने हो’, उनले भने, ‘अब उहाँले शेरबहादुरले कहिल्यै सहयोग गरेन भन्नु हुने छैन। उहाँ र म प्रतिस्पर्धी पनि हौँ। अब उहाँको गुनासो पनि रहने छैन।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट