Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ : प्रदीप पौडेल


काठमाण्डौं, १८ फागुन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आठ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

बिहीवार काठमाण्डौमा भएको आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे । उनले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेषगरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरू र प्रदेशका सांसदहरूलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताउन सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । मतका हिसाबले उहाँले चुनाव जित्ने सुनिश्चित छ ।’

उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा आफू विश्वस्त रहेको सांसद पौडेलले बताए । उनले राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्न नहुने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट