Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

राष्ट्रिपति बन्न मत माग्दै सुवास नेम्वाङ लोकतान्त्रिक समाजवादीको कार्यालयमा


काठमाडौं, १९ फागुन । यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा मत माग्दै सुवास नेम्वाङ लोकतान्त्रिक समाजवादीको कार्यालय पुगेका छन्। एमाले सचिव योगेश भट्टराई र सांसद भगवती चौधरीसहितलाई लिएर बबरमहलस्थित लोसपा कार्यालय पुगेका हुन्।

आठ दल सांसदहरुलाई तालिम दिन केन्द्रित भएका बेला नेम्वाङले बिहीबारदेखि भेटघाट तीव्र बनाएका हुन्। भेटपछि बोल्दै एमाले सचिव भट्टराईले आठ दलको गठबन्धन स्थायी नभएको बताउँदै राष्ट्रपतिमा नेम्वाङले भोट पाउने विश्वास व्यक्त गरे।

भट्टराईका अनुसार अब नागरिक उन्मुक्ति र जनमत पार्टीसँग पनि राष्ट्रपतिबारे छलफल गर्ने तयारी छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट