Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न पाईँदैन : बाबुराम भट्टराई


काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले ‘प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइँदैन’ नभनेको प्रतिक्रिया दिएका छन्।

सोमबार बिहान ट्वीट गरी भट्टराईले आफू प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको र अदालतमा हाजिर भएको बताएका छन्। तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्ने उनको तर्क छ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तरक्रियामा भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु भएको टिप्पणी गरेका थिए।

यसको चौतर्फीे आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन्।

अहिलेको मार्क्सवाद हामीलाई चाहिएको छ,अब फुर्काहरुको मोह हामीलाई जरुरी छैन : बाबुराम भट्टराई


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट