Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राप्रपा अराजकता, गलत क्रियाकलापको पक्षमा छैन : राजेन्द्र लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरूका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको बताएका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले नागरिक र देशले यस्ता अराजकता बेहोर्नुपर्नेको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेको भन्दै आफ्नो पार्टीले यस प्रकारको क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन् भने देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन ।’

विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईँले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका थिए । त्यही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट