Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भोलिसम्म काठमाडौं आइपुग्न मतदातालाई नौ दलीय गठबन्धनको निर्देशन


काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवारसम्ममा काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज मङ्गलवार बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै बैठकपछि नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।

गठबन्धनमा रहेका नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पाटीले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र एमालेका नेता सुवासचन्द्र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गराएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट