Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मुस्ताङमा विश्वविद्यालय नभएर कलेज खोल्ने कुरा चलेको थाहा पाएँ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् ।

हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएपछि प्रचण्डले यस्तो भनेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको नाम त लिएनन् । तर मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको बताए । उनले अघि भने, ‘नेपाल सरकारले कहीँकतै स्विकृति दिएको छैन ।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट